नियम
उजुरी सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ७ को खण्ड (ड) बमोजिम कसैले आयोगमा उजुरी दिँदा आफै उपस्थित भई वा अन्य कुनै माध्यमबाट उजुरी दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम आयोगमा प्राप्त हुने उजुरी दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम आफैं उपस्थित भई उजुरी दिएकोमा सो उजुरी दर्ता गरेको निस्सा सम्बन्धित व्यक्तिलाई उपलव्ध गराउनु पर्नेछ ।

(४) उपनियम (१) बमोजिम अन्य कुनै माध्यमबाट आयोगमा प्राप्त उजुरी दर्ता भएको जानकारी सोही माध्यमबाट सम्बन्धित पक्षलाई दिनु पर्नेछ ।

(५) उपनियम (१) बमोजिम आयोगमा प्राप्त हुन आएका उजुरीमा कुनै व्यक्तिले-सक्कल प्रमाण प्रस्तुत गरेमा उक्त प्रमाणको - प्रमाणित प्रतिलिपि राखी सक्कल प्रति सम्बन्धित व्यक्तिलाई नै फिर्ता दिनु पर्नेछ ।

(६) उपनियम (१) बमोजिम प्रा उजुरीको विषयमा छानबिन तथा तहकिकातको लागि आयोगले सम्बन्धित निकायमा सिफारिस गरी पठाउनेछ ।

(७) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रथम दृष्टिमा नै भ्रमपूर्ण, झुद्ठा, काल्पनिक वा निरर्थक देखिएको उजुरी आयोगले तामेलीमा राख्नेछ ।